धनगढी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचाररत कैलालीको गोदावरीनगरपालिका –३ का ७६ वर्षीय पुरुषको मृत्यु भएको हो।

मङ्सिर १४ गते अस्पताल भर्ना भएका उनीमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि थियो। उपचारकै क्रममा आज बिहान मृत्यु भएको प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुस