बैतडीमा १० किलो चरेशसहित १ जना पक्राउ परेका छन्। सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह (आरआइटी) को टोलीले गएराति जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रबाट १० किलो लागु औषध चरेशसहित बझाङको बुङ्गल नगरपालिका –९ बस्ने ३० वर्षीय मानबहादुर धामीलाइ पक्राउ गरेको हो।

धामीलाई विशेष सूचनाका आधारमा पुर्चौडी नगरपालिका–६ को मोडलीधारबाट पक्राउ गरिएको क्षेत्रिय अनुसन्धान समूहले जनाएको छ। पक्राउ परेका धामीलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ।

प्रतिक्रिया दिनुस