कञ्चनपुरमा भन्सार छलिको ७१ हजार एक सय बराबरको अवैध सामान बरामद भएको छ। जिल्लाको पुर्नवास नगरपालिका –६ बाट लेजिड सुटपिस, चिनी लगायतका ७१ हजार एक सय बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले उक्त सरसामान ढुवानीमा प्रयोग गरेको एक मोटरसाइकल समेत नियन्त्रणमा लिइएको जानकारी दिए। उनले बेवारिसे अवस्थामा फेला पारेको उक्त सामान आवश्यक कारबाहीको लागी त्रिनगर भन्सार कार्यालय कैलाली पठाइएको जानकारी दिए।
प्रतिक्रिया दिनुस