सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा १५८ नमुना परीक्षण गरिएकोमा शुल्फाटा नगरपालिकाका ८ जना सहित १७ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।

सङ्क्रमितहरूमा धनगढीका ६, स्थानीय तह नखुल्लेका ३ जना गरी कैलालीका ९जना छन्।

प्रतिक्रिया दिनुस