भूवन भट्ट, मंसिर १९–कञ्चनपुरमा चौथो पटक मुडा बनाउने तालिम सञ्चालनमा ल्याइरहेको बिन्ध्याबासीनी बेत तथा बाँस लघु उद्योगलाई चुनौती खडा भएको छ। महेन्द्रनगर जानकी टोल स्थित बिन्ध्या बासिनी बेत तथा लघु उद्योगले चौथो पटक बास तथा बेतको मुडा बनाउने तालिम सञ्चालनमा ल्याउन खोज्दा व्यवशायीक तथा सीप विकास तालिम केन्द्र महेन्द्रनगरले तालिम सञ्चालनमा रोकावट ल्याउन खोजेको हो।
बुधवार मात्रै ‘स्वदेशी उत्पादन प्रयोग गरौँ स्वदेश मै रोजगारीको सिर्जना गरौँ’ भन्ने धेयले तालिम सञ्चालनका लागी चौथो पटक बाटो खोलेको उक्त लघु उद्योगले तोकिएकै समयमा तालिम सञ्चालनमा समस्या आएको जनाएको छ। यस अघि वि.स.२०७५ सालमा सञ्चालनमा ल्याएसँगै १९ जनालाई पहिलो पटक बास र बेतको मुडा बनाउने तालिम उपलब्ध गराएको थियो। लघु उद्योगले २०७५ र ०७६ मा गरी ३ पटक उक्त तालिम सञ्चालनमा ल्याइ ४० बढीलाई स्वरोजगार बन्न प्रेरित गरिसकेको छ।
No description available.
तर चौथो पटक पनि सोही तालीम सञ्चालनमा ल्याउने भनी सूचित गरिँदा व्यवशायीक तथा सीप विकास तालिम केन्दले आफूसँग सहकार्य गर्न दबाब दिएको सञ्चालक लाल बहादुर क्षेत्रीले बताए।
सिप विकासले आफूलाई तालिम उपलब्ध गराउनमा बाधा ल्याउन खोजेको उनले बताए। उनले भने,–‘सरकारी निकाय रहँदै तपाइकिन लागी रहनु भएको छ, हामी सूचना आह्वान गरेर उक्त तालिम उपलब्ध गराउँछौ। सीप विकासले भन्यो।’
सिप विकासले उक्त तालिम नौलो भएको भन्दै स्वयं उपलब्ध गराउने भएपछि आफूलाई उपयुक्त जनशक्तिमा समस्या हुने उनले बताए।
अहिले आफैले तालिम दिएका १२ जना उक्त उद्योगमा कार्यरत रहेका छन्। मासिक ३५ हजार सम्मको ज्याला लगिरहेको उनले बताए।
सिप विकासको ढिपी
व्यवशायीक तथा सीप विकास तालिम केन्द्र कञ्चनपुर महेन्द्रनगरले सर्वसाधारण लाई तालिम उपलब्ध गराउने क्षेत्राधिकार आफ्नो भएको ढिपी गरेको छ। व्यवशायीक तथा सीप विकास तालिम केन्द्रका प्रमुख तर्कराज विष्टले भने,–‘लाल बहादुर क्षेत्री ज्युले नमाने पनि हामी वडा कार्यालय मार्फत अगाडी बढ्छौ।’
सिप विकासका लागी यो तालिम नौलो मात्रै होइन पहिलो पटक हुनेछ। यस अघि सिलाइकटाई, विद्युतीय, बेसिक कम्प्युटर कोर्सको तालिम दिँदै दक्ष जनशक्ति उत्पादनमा खास्सै फड्को मार्न नसकेको सिप विकासले यस पटक भने बिन्ध्याबासीनीको सूचनालाई नै कब्जामा लिएको छ। सिपबिकासका प्रमुख विष्टले भने,–‘बिन्ध्याबासीनीले तालिम उपलब्ध गराए पनि प्रमाणपत्र जारी गर्दा भने समस्या हुनेछ।’ उनले भने,–‘तालिम नै सञ्चालन नगर्न भनेका छैनौ।’
तालिम उपलब्ध गराइ स्वरोजगार बनाउन आफूहरूले भूमिका खेल्दै आएको उनले बताए। तर मुडा बनाउने तालिम सीप विकास बाट सञ्चालनमा नल्याइएकाले यस पटक ल्याउने गरी सो वातावरण सिर्जना गर्न खोजेका छौ।’ उनले भने।
प्रतिक्रिया दिनुस