दार्चुलाको दुहुँ गाउँपालिका हिकिलाकी बसन्ती बम फुल झाडु र सिक झाडु बनाएर दैनिक गुजारा गरिरहेकी छन्। कञ्चनपुरको भीमदत्तनगरपालिका १८ स्थित बिन्ध्या बासिनी बेत तथा लघु उद्योगले २ वर्ष पहिले आह्वान गरेको साता दिने तालिमबाट सोही लघु उद्योगमा काम गरेर बमले घर खर्च टारिरहेकी हुन्।

तालिम पछि आफैले फुल झाडु र सिक झाडु बनाउन सिके उनले भनिन्–‘दैनिक १ सय ३० को हाराहारीमा झाडु बनाउने गरेकी छु।’ लघु उद्योगले तालिम सँगै रोजगारी पनि दिलाएपछि दैनिक खर्च टार्न सहज भएको उनले बताइन्। ‘मासिक १२ देखी १५ हजार कमाइहुने गरेको छ, सन्तानको पढाइ खर्च आफुले नै बेहोरिरहेकी छु।’

No description available.

बिन्ध्या बासिनी बेत तथा लघु उद्योगले भने अहिले सम्म ४० जना बढीलाइ बासको मुडा बनाउने तालिम उपलब्ध गराइसकेको जनाएको छ। बिन्ध्या बासिनी बेत तथा लघु उद्योगका सञ्चालक लाल बहादुर क्षेत्रीले दलित, पिछडिएका वर्ग, एकल महिला तथा कमजोर वर्गलाई विगत ३ वर्ष देखी निःशुल्क तालिम उपलब्ध गराउँदै आएको कालापानी खबरलाई जानकारी दिए। उनले भने,–‘अहिले १२ जनालाई रोजगारी पनि दिएका छौ।’

No description available.

विं.स.२०७५ साल देखी जानकी टोलमा ५५ लाखको लगानीमा सञ्चालनमा आएको उक्त लघु उद्योगले बासका मुडा, सिक, फुल झाडु, बेतको सोफा, टेबुल लगायतका वस्तुहरू निर्माण गर्दे आएको छ। उत्पादित बस्तुहरू काठमाडौँ सम्म पु¥याउने गरेको सञ्चालक क्षेत्रीले बताए।

उनले यस पटक पनि मुडा बनाउने तालिम सञ्चालनमा ल्याउने तयारी गरे पनि व्यवशायीक तथा सीप विकास तालिम केन्द्रले बाधा ल्याउन खोजेको उनले बताए। तर छिट्टै छलफल गरी तालिम सञ्चालनमा ल्याइने तयारीमा रहेको उनले बताए।

 यो पनि ,

कञ्चनपुरमा बिन्ध्याबासीनीको तालिम सीप विकासले खोस्यो !

प्रतिक्रिया दिनुस