कैलालीको गोदावरीमा विद्यार्थीहरुलाइ निःशुल्क सुरक्षा सामाग्री उपलब्ध गराइएको छ। गोदावरी नगरपालिका वडा नम्बर १२ ले वडाभित्रका विद्यालयमा  निः शुल्क कोरोना बाट बच्ने सुरक्षा सामाग्री प्रदान गरेको हो।
शनिवार कक्षा १० सम्मका विद्यार्थीहरुलाइ निःशुल्क मास्क,स्यानिटाइजर, साबुन, बाल्टी वितरण गरिएको वडा अध्यक्ष भीम खड्काले जानकारी दिए।
No description available.
नगरपालिकाका ६ विद्यालयका विद्यार्थीहरुलाइ निः शुल्क कोरोना सुरक्षा सामाग्री वितरण गरिएको उनले बताए। उनले विद्यालय सञ्चालनमा आएसँगै सामाजिक दुरी पनि कायम गरी सुरक्षित बस्न आग्रह गरे।
नेबि सङ्घका नेता तथा स्थानीय दिल बहादुर बुढाथोकीले कोरोना महामारीको समयमा विद्यालय खुल्न गएसँगै जटिल अवस्थालाई मध्यनजर गर्दे उक्त सामाग्री वितरण गरिएको बताए। सामाग्री पाएसँगै विद्यार्थीहरू हर्षित भएका उनले बताए।
No description available.
प्रतिक्रिया दिनुस