अछामको मंगलसेन नगरपालिकाका कर्मचारीमा समेत संक्रमण देखिएपछि नगरपालिका २० गतेदेखि एक हप्ताका लागि सिल गरिएको छ। नगरभित्र अस्वभाविक रुपले संक्रमण दर बढ्दै गएको भन्दै सिल गरेको बिज्ञप्ती मार्फत नगरपालिकाले जानकारी गराएको हो। विगत तीन दिनको अवधिमा जिल्लामा संक्रमितको संख्या १०६ पुगेको छ।

कमलबजार प्रयोगशाला भएको परीक्षणमा १९ गते मात्रै जिल्लामा सबैभन्दा बढी ४१ जनामा कोरोना संक्रमण देखिएको थियो भने २० गते ३७ जनामा संक्रमण पुष्टि भएको थियो। त्यसैगरी आइतबार २८ जना संक्रमित थपिएका छन्। आज कमलबजार प्रयोगशालामा गरिएको परीक्षणमा २९ जनामा कोरोना पुष्टि भएको छ।

२९ जना मध्ये अछामका २८ जना र एक जना टिकापुर नगरपालिकाका रहेका प्रयोगशालाले जनाएको छ। योसँगै अछाममा कोरोना संक्रमितको संख्या १३ सय २८ पुगेको छ। निको हुनेको संख्या ११ सय ५५ रहेको छ। भने ४ जनाको मृत्यु भइसकेको छ। स्वास्थ कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म ११ हजार १ सय २० जनाको कोरोना परीक्षण गरिएको छ।

प्रतिक्रिया दिनुस