सुदूरपश्चिममा थप ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो चौबिस घण्टामा सेती प्रादेशीक अस्पताल र जिल्ला अस्पताल अछामको प्रयोगशालामा भएको परीक्षणमा थप ७६ जनामा संक्रमण पुष्टि भएको हो।
सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ३४ जनामा कोरोना परीक्षण गरीएकोमा ४८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।
संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका २० जना, बेलौरी नगरपालिका र पुर्नवास नगरपालिकाका २–२ जना गरी २४ जना रहेका छन्। त्यस्तै कैलालीको मोहन्याल गाउँपालिका, टिकापुर नगरपालिका र गोदावरी नगरपालिकाका २–२ जनामा पनि संक्रमण पुष्टि भएको छ। कैलालीकै कैलारी गाउँपालिकाका ७ जना र घोडाघोडी नगरपालिकाका १० जनामा पनि संक्रमण पुष्टि भएको छ।
त्यस्तै बैतडीको दोगडाकेदार गाउँपालिकाका ५५ वर्षीय एक पुरुषमा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
त्यस्तै उता अछामको कमरबजार प्रयोगशालामा आइतबार थप २८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।