महाकाली नदीपारिका दुई गाविस दोधारा र चाँदनीलाई समावेश गरी बनाइएको महाकाली नगरपालिकाको नाम परिवर्तन गरिएको छ। नगरसभाले भौगोलिक र ऐतिहासिक महत्वका आधारमा माग गरेअनुसार परिवर्तन गरी दोधारा चाँदनी नामकरण गरेको हो। नगर सभाको निर्णय सुदूरपश्चिम सरकारको प्रदेश सभामा लगेपछि संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले नाम परिवर्तनका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगेको थियो।

मन्त्रालयको प्रस्तावअनुसार दोधारा चादँनी नामकरण भएको हो। प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले नगरसभाबाट दोधारा चाँदनी नगरपालिका नामकरणका लागि निर्णय गरिएको बताए। ‘महाकाली नगरपालिका भनेर सबैले पनि थाहा पाउँदैनन्’, उनले भने, ‘दोधारा चाँदनीको भूगोल ऐतिहासिक हिसाबले परिचित छ।

त्यसै आधारमा नाम फेर्न नगर सभाबाट निर्णय गरिएको थियो। त्यसअनुसार मन्त्रिपरिषदबाट निर्णय गरिएको छ।’ सरकारले २०७१ मंसिर १६ गते दुई गाविस मिलाएर दोधारा चाँदनी नगरपालिका घोषणा गरिएको थियो। संवैधानिक व्यवस्थाअनुसार गाउँपालिका, नगरपालिका तथा संरक्षित वा स्वायत्त संख्या तथा सिमाना निर्धारण आयोगले स्थानीयको मागअनुसार नाम सिफारिस गर्ने गर्छ।

प्रतिक्रिया दिनुस