मंसिर २२, महेन्द्रनगर–कञ्चनपुरमा निर्माणाधीन घरका सात ढोका चोरी भएका छन्। जिल्लाको बेतकोट नगरपालिका –७ भ्रुसुवामा स्थानीय केशव पन्तले निर्माण गरिरहेको घरका ढोका चोरी भएका हुन्।
शनिवार राति निर्माणाधीन घरमा लगाइएका ७ ढोका चोरी भएको घर धनि पन्तले बताए। ‘चोरले घरमा लगाइएका सात ढोका निकालेर लगेको छ, खोजीका लागी प्रहरीमा निवेदन दिएका छौ।’ उनले भने।
No description available.
निर्माणाधीन घरमा तोडफोड गरेर तस्करहरूको समूहले ढोका चोरेर लगेपछि घर निर्माणको काम रोकिएको उनले बताए।
यता प्रहरीले भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ। प्रहरी चौकी सुडाका अनुसार घरधनि पन्तले दिएको जानकारीका आधारमा घटनास्थलमा गई अनुसन्धान अगाडी बढाइएको छ।
प्रतिक्रिया दिनुस