वन मुद्धामा फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तनहुँले ७ बर्षपछि पक्राउ गरेको छ । तनहुँ बरभन्ज्याङ बस्ने ४२ बर्षिय अर्जुन गैरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले बताए।
०७० चैत १२ मा जिल्ला अदालत तनहुँले अर्जुनलाई ३ महिना कैद र १९ हजार जरिवाना हुने फैसला गरेको थियो । फैसलापछि फरार रहेका उनलाई व्यास नगरपालिका–१२ देउरालीबाट प्रहरीले पक्रेको हो। अदालतको आदेशले उनलाई कारागार कार्यालय तनहुँमा थुनामा पठाइएको डिएसपी तिमिल्सिनाले जानकारी दिए ।
प्रतिक्रिया दिनुस