बैतडीको डिलासैनी गाउँपालिकाको कार्यालय सार्न मुख्यमन्त्री कार्यालय बाटै चलखेल भएको भन्दै जनप्रतिनिधिहरुले मुख्यमन्त्री त्रिलोचन भट्टको तुरुन्त ध्यानाकर्षण गराएका छन्। सोमवार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमै पुगेर उनीहरूले मुख्यमन्त्री भट्टलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। राज्य पुनर्संरचना हुने बेला गाउँपालिकाको केन्द्र वडा नम्बर ७ मा राख्ने निर्णय भएकोमा अहिले उल्ट्याउने प्रयास भएको भन्दै मुख्यमन्त्री मार्फत सङ्घीय सरकारलाई पनि ध्यानाकर्षण पत्र बुझाएका हुन।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्तिक १९ गते डिलासैनी गाँउसभाको सातौँ अधिवेशनबाट भएको निर्णय विवादित रहेको र स्थानीय तह बाटनै विवादको निरूपण गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को प्रावधान अनुसार प्रक्रिया अगाढी बढाउन प्रदेश कार्यालय मार्फत गाउँपालीकालाइ परिपत्र गर्ने भनिएता पनि प्रदेश सरकारले उक्त परिपत्र गाँउपालीका नपठाएर सङ्घीय सरकारलाई नै फिर्ता पठाएको भन्दै मुख्यमन्त्री भट्टको ध्यानाकर्षण गरिएको वडा नम्बर ७ का अध्यक्ष प्रेम सिंह धामीले बताए।
उनले गाउँकार्यपालिकाको कार्यालय सार्ने विषय आम नागरीकका लागी असहज र अन्याय हुने बताए। गाउँपालिकाको वडा नम्बर ४, ५ र ७ ले पनि उल्टाउने निर्णय अपाच्य भएको भन्दै विरोध जनाउदै आएका छन्। गाउँपालिकाले केन्द्र स्थापना नगर्दे सार्ने चलखेल भएको भन्दै स्थानीयले समेत विरोध प्रदर्शन गर्दै आएका छन।
नेकपा जिल्ला पार्टि अध्यक्ष सुरेन्द्र पाल, संघिय सांसद दामोदर भण्डारी र गाउँपालिका अध्यक्ष उपेन्द्र बोहराले मुख्यमन्त्री सम्म आर्थिक चलखेल गराई गाउँपालिकाको केन्द्र सार्न लागिपरेको स्थानियको आरोप छ।
गाउँपालिकाका स्थानियले समेत मुख्यमन्त्री भट्ट केही जनप्रतिनिधिको आर्थिक प्रलोभनमा परी कार्यालय सार्न चलखेल गरीरहेको आरोप लगाएका छन्। गाउँकार्यपालिकाको वडा नम्बर ७ धामी गाउँमा स्थापना नगरीए कडा आन्दोलनमा उत्रने स्थानियले चेतावनि समेत दिएका छन्।
ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री त्रिलोचन भट्टले गाँउपालीकाको केन्द्र सार्ने विषयमा सङ्घीय सरकार लाई सिफारिस गर्ने काम मात्रै भएको बताए। उनले भने, ‘प्रदेश सरकारको मन्त्रीपरिषद्को निर्णय सङ्घीय सरकारको कुनै मन्त्रीले काट्न निल्दैन कानुनले त्यो दिँदैन त्यसैले हामीले केन्द्र सरकार लाई पत्र फिर्ता गरिएको हो।’
प्रतिक्रिया दिनुस