ओलीले शिक्षक राजेन्द्र श्रेष्ठको डकैतीको शैलीमा हत्या गरिएको भन्दै त्यस्तो प्रवृत्तिलाई सबै मिलेर परास्त गर्नुपर्ने बताए। ‘त्यस्ता समुह सम्पती दिएन भने हत्या गर्ने प्रवृतिमा लागेका छन,’ प्रधानमन्त्री ओलीले भने।
देशमा फेरि राजनीतिक समस्या खडा गर्न खोजिएको ओलीको भनाई थियो। उनले राजनीतिक स्वार्थबाट देशमा कहिल्यै हित नहुने बताउदै त्यस्ता स्वार्थ पुरा हुन नदिइने दृढता व्यक्त गरे। देशको पछिल्लो राजनीति अवस्थाप्रति कटाक्ष गर्दै उनले भने,‘अहिले पंखा चलाएर आँधी ल्याउन खोजिरहेका छन्, त्यस्तो प्रवृतिलाई सफल हुन