सुदूरपश्चिमका थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा मंगलबार २७७ जनाको परीक्षण गर्दा थप ४२ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उप–महानगरपालिकाका थप ४ जनामा संक्रमण देखिएको जानकारी दिए।
कैलालीकै लम्किचुहा नगरपालिकाका ७ जना, गोदावरी नगरपालिका र मोहन्याल गाउँपालिकाका, कैलारी गाउँपालिकाका ३र३ जना, भजनी नगरपालिकाका २ जना, यस्तै टीकापुर नगरपालिका र गौरीगंगा नगरपालिकाका १र१ जनामा कोरोना संक्रमण देखिएको छ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका १४ जना, दोधारा चाँदनी नगरपालिका, कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाका १र१ जनामा समेत कोराना पुष्टि भएको छ।
त्यसैगरी बाजुराको बुढीनन्दा नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।