वैकल्पिक राजनीतिक शक्ति बन्ने उद्घोषका साथ नेपाली राजनीतिमा आएका साझा पार्टी र विवेकशील दलले आज पुनः एकता गर्ने भएका छन । यी दुई दलले आज दिउँसो भर्चुअल कार्यक्रम गरी एकिकरण घोषणा गर्न लागेका हुन् । पार्टीको नाम विवेकशील साझा पार्टी रहनेछ भने चुनाव चिन्ह तराजु हुनेछ।

पार्टीको अध्यक्ष रविन्द्र मिश्र रहनुहुनेछ भने संयोजकको जिम्मेवारी मिलन पाण्डेले पाउनुहुनेछ । दुबै दलबाट ६५ र६५ जना केन्द्रिय समितिमा रहनुहुनेछ । यसैगरी २६ सदस्यीय सचिवालय चयन गरिनेछ । एकिकृत पार्टीले संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रलगायतका मुद्दालाई प्रगतिशील मुद्दाको रुपमा उठाउने बताएको छ । एकिकरण घोषणाको ६ महिनाभित्र एकता महाधिवेशन गर्ने बताईएको छ । यसअघि २०७४ साल साउन ११ गते एक भएका यी दुई दल २०७५ साल पुष २७ गते फेरी विभाजीत भएका थिए ।

प्रतिक्रिया दिनुस