महेन्द्रनगरमा मंगलबार बेवारिसे अवस्थामा फेला परेका अन्ताजि ५५ वर्षीय एक पुरुषको मृत्यु भएको छ। महेन्द्रनगर बजारस्थित विपद व्यवस्थापन केन्द्र भएर बग्ने नहरमा बेवारिसे अवस्थामा फेला परेका उनको महाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

थापाका अनुसार मृतकको शव महाकाली अस्पतालको शव गृहमा राखिएको छ तर उनको सनाखत हुन सकेको छैन। उनको मृत्युको कारण भने पत्ता नलागेको डिएसपी थापाले बताए।ती पुरुष गहुँगोरो बर्ण, दाह्री जुँगा फुलेको, उचाइ ५.४ इन्च, कपाल कालो र सेतो, अनुहार लाम्चो, कालोमा रातो धर्का भएको टाउजर ,सेतो,रातो र कालो रङ्को ज्याकेट, पहिलो,निलो र कालो कमिज लगाएको, हातमा फलाम, चाँदी र पितलको जस्तो देखिने धातुको बाला तथा औलामा औँठी लगाएको थियो।

थापाका अनुसार मृतकको शव महाकाली अस्पतालमै राखिएको छ तर उनको पहिचान खुलेको छैन। उनले शवको पहिचान गरी जानकारी गराउन आग्रह समेत गरे।

प्रतिक्रिया दिनुस