नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपां) द्वारा हत्या गरिएका मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खे बस्ने ५२ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको शव पोष्टमार्टमका लागि धरान लगिएको छ। हात पछाडि बाँधेर घाँटी रेटी हत्या गरिएका शिक्षक श्रेष्ठको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको हो ।
मिक्लाजुङकै सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको शव घाँटी रेटी हत्या गरिएको अवस्थामा प्रहरीले मंगलबार दिउँसो फेला पारेको थियो ।नेकपाका मेची(कोशी ब्युरो इन्चार्ज प्रतापले विज्ञप्ति जारी गर्दै शिक्षक हत्याको जिम्मा लिएका थिए । आफ्नो पार्टीका गतिविधिको सुराकी गरेको र पटक(पटक सम्झाउँदा समेत श्रेष्ठले नटेरेको विज्ञप्तिमा उल्लेख छ ।
मेची(कोशी ब्युरोको बैठक चलिरहेका बेला प्रहरी बोलाएर दमन गरेको भन्दै उनको हत्या गरिएको प्रतापले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पार्टीको बैठकका क्रममा २०७६ साल फागुन २६ गते प्रहरीलाई सूचना दिएकाले कारबाही गरेको बताइएको छ। आफ्नो पार्टीका नेता–कार्यकर्ताहरू र पार्टीविरोधी गतिविधि गरेको समेत विप्लव नेकपाले आरोप लगाएको भनाइ छ।