बैतडीका १० स्थानीय तहमध्ये ४ स्थानीय तह हाललाई कोरोना सक्रिय संक्रमित शून्य रहेका छन्। जिल्लाको मैलौली नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका सक्रिय संक्रमित शून्य रहेका हुन्।

यी स्थानीय तहहरुमा हाल एक जना पनि कोरोनाका सक्रिय संक्रमित नरहेका स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए। मेलौलीमा हालसम्म ४७ ,सिगासमा ५५,पञ्चेश्वरमा ६३ र शिवनाथमा ५१ जनामा कोरोना पुष्टि हुँदा सबैले कोरोना जितेका हुन्।

बैतडीमा हालससम्म ५ सय ७७ जनामा संक्रमण पुष्टि हुँदा ६ स्थानीय तहमा ६८ जना मात्रै सक्रिय संक्रमित रहेका छन्। सबैभन्दा बढी दरशथचन्द नगरपालिकामा ४६, डिलाशैनी गाउँपालिकामा १७, पुर्चौडी नगरपालिकामा २, पाटन नगरपालिकामा १ ,सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा १÷१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन।

जिल्लामा ५ सय ८ जनाले कोरोना जितेका छन भने १ जनाको मृत्यु भइसकेको छ। बैतडीमा गत जेठ ९ गते पहिलोपटक एक थुनुवामा कोरोना संक्रमण देखिएको थियो।

प्रतिक्रिया दिनुस