सुदूरपश्चिम प्रदेशमा बुधवार थप १२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। प्रदेशका ४ वटा प्रयोगशालामा स्वाब परीक्षण गर्दा १२४ जनामा सङ्क्रमण देखिएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको हो।
मन्त्रालयका अनुसार बुधवार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५१ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा २२ जना ,बैतडी अस्पतालमा ५ जना र अछामको कमलबजार प्रयोगशालामा ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। थपिएका सङ्क्रमितमध्ये कैलालीका ४१, कञ्चनपुरका ९, अछामका ४४, बैतडीका ५, डडेल्धुराका २२ जना रहेको मन्त्रालयले जनाएको छ।
सुदूर पश्चिम प्रदेशमा हाल सम्म १ लाख २२ हजार ६८१ जनाको नमुना जाँच गर्दा ११ हजार ९ सय ९९ जनमा पोजेटिभ देखिएको छ भने १ लाख २२ हजार १ सय ९५ लाई नेगेटिभ नमुना आएको छ। सुदूर पश्चिम प्रदेशमा जिल्लाका विभिन्न ठाउँबाट पछिल्लो २४ घण्टामा १३ जनाले सङ्क्रमणलाई जितेका छन्।
मन्त्रालयका अनुसार हाल सम्म सुदूर पश्चिम प्रदेशमा ४२ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। भने सुदूरपश्चिम प्रदेशभरि २ हजार २ सय ८१ जनामा  कोरोना भाइरस सक्रिय अवस्थामा रहेको छ।
प्रतिक्रिया दिनुस