देश व्यापी प्रदर्शन सँगै नेकपा (क्रान्तिकारी माओवादी) ले बिहीबार कञ्चनपुरमा पनि बृहत् प्रदर्शन गरेको छ। राष्ट्रियता धरापमा पर्दै गइरहेको भन्दै त्यसको जगेर्ना गर्न क्रान्तिकारी माओवादीले बिहीबार देशभर प्रदर्शन गर्ने कार्यक्रम अनुरूप कञ्चनपुरको महेन्द्रनगर स्थित मदन चोकमा कोण सभाको आयोजना गरेको हो।

कोण सभामा बोल्दै (नेकपा क्रान्तिकारी) का प्रदेश सचिव रामबहादुर महराले दलाल पुँजीवादी संसदीय व्यवस्थाले मुलुकमा अस्थिरता कायम भएको भन्दै त्यसको विरुद्ध सशक्त भएर अगाडी बढ्नुपर्नेमा जोड दिए। उनले वर्तमान पुजिवादी दलाल सरकार भ्रष्ट्राचार लिप्त भएकाले त्यसको विरोध स्वरूप आज सुदूरपश्चिममा पनि विरोध प्रदर्शन गरिएको बताए। उनले भने,–‘आफ्नो सुरक्षा गर्न नसकेका त्रिभुवन का सन्तान भाङ र धतुरोमा रमाउनेहरू कुनै पनि हालत देशका निम्ति योग्य हुन सक्दैनन् महान् जनयुद्ध र जनआन्दोलनले चिहानमा डढाएको राजतन्त्रको निम्ति सङ्घर्ष गर्नेहरू यो देशको प्रगतिको बाधन हुन त्यसैले यिनको सगबाटै प्रतिकार गर्नु पर्दछ।’ यस निम्ति अन्तिम लडाइँ एकताबद्ध भएर लड्नु पर्नेमा प्रदेश सचिव महराले जोड दिए। उनले निस्स्वार्थ राष्ट्र उत्थानमा सरिक भएका सम्पूर्णमा उनले धन्यवाद समेत ज्ञापन गरे।

Image may contain: one or more people, people standing and outdoor

कोण सभामा नेकपा (क्रान्तिकारी) का केन्द्रीय सदस्य हरी सुवेधिले अवको विकल्प, अवको शक्ति नेकपा(क्रान्तिकारी माओवादी) नै भएको दावी गरे। उनले बर्तमान समयमा राजाबादीहरु सडकमा सल्बलाइ रहेकाले यसको प्रतिकार र सरकारका गलत कदम विरुद्ध विरोध प्रर्दशन गरीएको जानकारी दिए । उनले भने,–‘वर्तमान दलाल संसदीय व्यवस्थाले जनतालाई सुखसुबिधा दिन सक्दैन किसानका पिरमर्का बुझ्दैन यसले गर्ने भनेको भ्रष्टाचार जनघात र राष्ट्र घात नै हो त्यसैले सङ्घीय जनगणतन्त्र नै अबको अब्बल विकल्प हो।’

Image may contain: 1 person, standing, crowd and outdoor
कोण सभामा देशभक्त गणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य विष्णु दामाइले सबै एकजुट भएर अगाडी बढ्नुपर्नेमा जोड दिए। कोणसभाको सञ्चालन (क्रान्तिकारी माओवादी) जिल्ला सचिव कैलाश जोशीले गरेका थिए। उनले दलाल पुँजीवादमा आधारित वर्तमान संसदीय व्यवस्था पूर्णतः असफल हुँदै जाँदा पुनरुत्थानवादीहरुले टाउको उठाउन थालेपछि अग्रगामी विकल्पसहित अगाडी बढ्नुपर्ने बेला आएको बताए।

Image may contain: one or more people, people standing and outdoor

Image may contain: 2 people, sky, tree and outdoor

विरोध प्रदर्शनमा भारतबाट कब्जा गरिएको लिम्पियाधुरा सहितको भूभाग फिर्ता, एमसीसीको विरोध, भ्रष्टाचार, महँगी, वालिका–महिला बलात्कार तथा हत्या, मजदुरहरूको निष्कासन तथा कटौतीको विरोध, किसानहरूका लागि मल खाद तथा उत्पादित वस्तुको बजार एवम् सहुलियत ऋणको व्यवस्था, स्वदेशमै रोजगारीको सुनिश्चितता, शिक्षा तथा स्वास्थ्यको राष्ट्रियकरण, मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम सहितका उत्पीडित वर्ग तथा जनसमुदायका हक, हित तथा जनजीविकाका सुनिश्चित गरिनुपर्नेमा जोड दिइएको थियो।


त्यस्तै नेकपा (क्रान्तिकारी माओवादी) ले आज कैलालीको अत्तरीया, डोटी, डडेल्धुरा, बझाँङ र दार्चुला सदरमुकाममा पनि व्यापक विरोध प्रर्दशन गरेको छ। अत्तरीयामा गरीएको विरोध प्रर्दशनमा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य डायमण्ड, कैलाली जिल्ला सचिव रुद्ध कडेँल, अखिल नेपाल किसान महासंघका केस टंक कोइराले सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनुस