सुदूरपश्चिममा (क्रान्तिकारी माओवादी)ले व्यापक विरोध प्रर्दशन गरेको छ। दलाल पुँजीवादमा आधारित वर्तमान संसदीय व्यवस्था पूर्णतः असफल हुँदै जाँदा पुनरुत्थानवादीहरुले टाउको उठाउन थालेपछि अग्रगामी विकल्पसहित बिहिबार (क्रान्तिकारी माओवादी) ले विरोध प्रर्दशन गरेको हो।

कैलालीको अत्तरीया र कञ्चनपुरको महेन्द्रनगर, डोटी, डडेल्धुरा, बझाँङ र दार्चुला सदरमुकाममा आज विरोध प्रर्दशन गरीएको (क्रान्तिकारी माओवादी) का प्रदेश सचिव राम बहादुर महराले जानकारी दिए। उनले वर्तमान पुजिवादी दलाल सरकार भ्रष्चारमा लिप्त भएकाले त्यसको विरोध स्वरुप आज सुदूरमपश्चिममा पनि विरोध प्रर्दशन गरीएको बताए।

भारतद्वारा कब्जा गरिएको लिम्पियाधुरा सहितको भूभाग फिर्ता, एमसीसीको विरोध, भ्रष्टाचार, महङ्गी, वालिका–महिला बलात्कार तथा हत्या, मजदुरहरुको निष्काशन तथा कटौतीको विरोध, किसानहरुका लागि मलखाद तथा उत्पादित वस्तुको बजार एवम् सहुलियत ऋणको व्यवस्था, स्वदेशमै रोजगारीको सुनिश्चितता, शिक्षा तथा स्वास्थ्यको राष्ट्रियकरण, मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम सहितका उत्पीडित वर्ग तथा जनसमुदायका हक, हित तथा जनजीविकाका सुनिश्चित गरीनुपर्ने माग उनिहरुको छ।

प्रतिक्रिया दिनुस