साताको अन्तिम कारोबारको दिन शुक्रवार सुनचाँदीको मूल्य स्थिर रहेको छ। लगातार दुई दिन बुधवार ७०० र बिहीवार ९०० ले घटेको सुनको मूल्य शुक्रवार भने स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको छ। बिहीवार पनि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० मा नै कारोबार भएको थियो। त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार ०५० मा खरीदविक्री भइरहेको छ।

बिहीवार पनि सोही मूल्यमा कारोबार भएको थियो। यस्तै, शुक्रवार चाँदीको मूल्य पनि स्थिर रहेको छ। शुक्रवार चाँदी प्रतितोला रू. एक हजार २०० मा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुस