सोमवार धनगढीमा हुने विरोध सभाको तयारी पुरा भएको नेपाली काँग्रेस कैलाली शाखाले जनाएको छ। आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गदै विरोध सभाको तयारी पुरा भएको जानकारी दिइएको हो। दसैँ तिहार पछि सरकार विरुद्ध विरोधका कार्यक्रम अगाडी बढाउने पूर्ण रणनीति अनुसार सोमबार कैलालीमा विरोध प्रदर्शन गर्न थालिएको काँग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले बताए । उनले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गृह जिल्लामा दमन गरिएको र कोरोना उपचारमा सरकार असल भएको भन्दै त्यसको समेत विरोध गर्न प्रदर्शन गरिन लागिएको बताए।

सोमवार हुने विरोध सभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। त्यस्तै पूर्व मन्त्री राम जनम चौधरी,नेपाली काँग्रेस प्रदेश सभा सचेतक टेकबहादुर रैका र धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले पनि विरोध कार्यक्रममा सम्बोधन गर्ने छन्। सोमवार ११ बजे धनगढीको चौराहा बाट सुरु भएको विरोध ¥याली पार्क चोकमा कोण सभामा परिन्त हुने काँग्रेस जिल्ला शाखाले जनाएको छ । विरोध सभामा कैलाली जिल्लाका विभिन्न क्षेत्रबाट १२ हजार बढीको सहभागिता हुने सभापति शाहले बताए ।
सोमवार काँग्रेसले देशव्यापी रूपमा ७७ वटै जिल्लामा विरोध सभा प्रदर्शन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुस