इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटनह्याम हट्सपरले आफ्ना खेल बराबरी खेल्दा आर्सनल पराजित भएको छ। आइतबार राति भएको खेलमा लिभरपुलले फुल्हमसँग र टोटनह्यामले क्रिस्टल प्यालेससँग १–१ गोलको बराबरी खेलेको हो। क्रिस्टलले घरेलु मैदानमा टोटनह्यामलाई रोकेको हो। ह्यारी केनले टोटनह्यामलाई अग्रता दिए पनि जेफरीले क्रिस्टललाई बराबरीमा ल्याएका थिए।

त्यस्तै लिभरपुल फुल्हमसँग उसकै मैदानमा रोकिन पुग्यो। २५ मिनेटमै बोबी रेडले गोल गर्दै अग्रता दिलाएकामा ७९ औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमार्फत बराबरी गोल गरेका थिए। आर्सनल भने पराजित भएको छ । आर्सनल घरेलु मैदानमै बर्नलीसँग पराजित भएको हो । आर्सनल १–० गोल अन्तरले पराजित भयो । खेलको ५८ औं मिनेटमै ग्रानिट जाकाले रातो कार्ड खाएपछि आर्सनल १० जनामा सीमित भयो । ७३ औं मिनेटमा पेर्रे एम्रिक औबामायेले आत्मघाती गोल गरेपछि आर्सनल पराजित भयो ।

अन्य खेलमा साउथह्याम्पटनले शेफिल्ड युनाइटेडलाई ३–० गोल अन्तरले हरायो भने लेस्टर सिटीले ब्राइटनमाथि ३–० गोल अन्तरको जित निकाल्यो ।

अंक तालिका
तालिकामा १२ खेलबाट टोटनह्यामको २५, लिभरपुलको २५, लेस्टरको २४, साउथह्याम्पटनको २३, चेल्सीको २२ अंक छ । म्यान्चेस्टर युनाइटेडको २० र म्यान्चेस्टर सिटीको १९ अंक छ ।

प्रतिक्रिया दिनुस