मोहना –अत्तरिया ६ लेन सडकमा उल्टो लेन प्रयोग गरी सवारी चलाएमा जरिवाना गराइने भएको छ। निर्माणाधीन उक्त सडकमा उल्टो बाटोबाट सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्न गएको भन्दै उल्टो लेनमा सवारी चलाउनेलाई कारबाही गरिने भएको हो।
उक्त सडक खण्डमा एकातिर छाडा पसुचौपायाले दुर्घटनाको जोखिम बढाएका बेला उल्टो लेन प्रयोग गरिए अन्य यात्रुलाई समेत जोखिम बढ्ने भन्दै अव जरिवाना गराइने ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको हो। निर्माण कार्य चलिरहेका ठाउँ बाहेकका क्षेत्रमा लेनको सही प्रयोग गराउन लागिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख बामदेव गौतमले बताए।
उनले पहिलो चरणमा उल्टो लेनमा हिँड्नेलाई सम्झाई–बुझाई गर्ने काम भइरहेको र पुस १ गते देखि भने नियम पालना नगर्नेलाई जरिवाना गराइने बताए। उनले रु एक हजार सम्म जरिवाना तिराइने जानकारी दिए।
प्रतिक्रिया दिनुस