कञ्चनपुर ,मंसिर, २८ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा कोरोना संक्रमण बढ्दै गएको छ । शुक्लाफाँटा नगरपालिका वडा नं.५ को बिभिन्न सार्वजनिक स्थानहरुमा सिल गरिएको छ ।

आज वार्ड कार्यालयले एक सूचना प्रकाशित गरेर वनसमिति बजार , गर्जमुनी, खजुवा, बैसखा र राजमार्ग क्षेत्र आसपास सिल गरिएको छ । कोभि १९ संक्रमणका बिरामीहरु दिनानुदिन बढ्दै गइरहेको भन्दै मंसिर २९ गतेदेखि पौष ५ गतेसम्म सरकारीर गैरसरकारी कार्यालय, विद्यालय, पसल व्यावशायहरु बन्द गर्ने निर्णय गरिएको हो ।

यस्तै भीडभाड हुने सार्वजनिक स्थानहरुमा आवतजावत नगर्न नगराउन हुन समेत अनुरोध गरिएको छ । यसअघि कोभिड(१९ संक्रमित एकजनाको उपचारको क्रममा मृत्यु भएपछि सबैलाई सुरक्षित राख्न वडा सिल गरिएको वडाध्यक्ष कमल राज गिरीले बतानुभयो ।
शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टका अनुसार नगरमा १ सय ३४ जनामा कोभिड(१९ संक्रमण पुष्टी भएको छ भने वडा नं ५ मा मात्रै १० जना होम आइशोलेसनमा बसेका छन् ।

प्रतिक्रिया दिनुस