कैलाली, मंसिर, २८ ,नेकपा (क्रान्तिकारी माओवादी ) जन मोर्चा , देजमो, माआवादी केन्द्र, मसाल लगायतका २२ दलिय मोर्चाका दल तथा संगठनहरुले पौष ११ डिसेम्बर २६ तारिकका दिन धनगडीमा माओ जयन्तीको दिन बिश्व कम्युनिस्ट आन्दोलन र माओत्सेतुङको योगदान बिषयमा अन्तरक्रिया कार्यक्रम हर्ने भएका छन ।

नेकपा (क्रान्तिकारी माओवादी) लगायतका २२ दलिय मोर्चाले पौष ११ डिसेम्बर २६ तारिकमा दिन माओको बिश्व कम्युनिस्ट आन्दोलन र माओत्सेतुङको योगदान बिषयमा अन्तरक्रिया कार्यक्रम गर्ने तयारी रहेको नेकपा (क्रान्तिकारी माओवदी) सुदूश्पिचम प्रदेस सेक्रेटरी राम बहादुर महरा (चिन्तक)ले जानकारी दिनुभयो ।

१८९३ डिसेम्बर २६ मा जन्मेका माओले कम्युनिष्ट पार्टीको स्थापना गरेका हुन् । उहाँ चीनको विश्व चर्चित लम्बे अभियान, जापान विरोधी युद्घ र मुक्ति युद्घका नेता एवम् नयाँ जनवादी क्रान्ति चीनका संस्थापक थिए ।

प्रतिक्रिया दिनुस