प्रमुख प्रतिपक्षी दलको भूमिका निरीह भएको भन्ने आरोप खेप्दै आएको नेपाली कांग्रेस सरकारविरुद्ध सडकमा ओर्लिएको छ। पार्टीको घोषित नीति अनुरुप देशभर नेताहरु जिल्लामा हुने विरोध ¥याली तथा सभामा सहभागी हुने भएका हुन्। कोरोना संक्रमणपछि पार्टीको औपचारिक कार्यक्रममा नेताहरु जिल्ला निस्केको पहिलोपटक हो।
संक्रमणको कहरमा कांग्रेसका औपचारिक कार्यक्रम प्रभावित हुँदै आएका थिए। सोमबार हुने विरोध कार्यक्रम सांकेतिक भएको जनाइएको छ। सरकारलाई सडक र सदनबाट दबाब पैदा गर्ने पहिलो कार्यक्रम भएको समेत कांग्रेसले जनाएको छ। ७७ वटै जिल्लामा एकसाथ सरकार विरुद्ध उत्रनुको कारण सरकारी अर्कमष्यता र सर्वसत्तावाद विरुद्ध भएको कांग्रेसले जनाएको छ। प्रतिपक्षको भूमिकालाई कमजोरीको रुपमा सरकारले बुझेको सरकारलाई सडक र सदनबाट दबाब दिने कांग्रेसको रणनीति छ। सडकमा कांग्रेसले भ्रष्टाचार,सरकारी असफलता, बलत्कार लगायत जनजिविकाको मुद्धा उठाउने भएको छ।
सरकारप्रति जनताको बढ्दो वितृष्णालाई सम्बोधन गर्न संयमित भएर शसक्त ढंगले प्रस्तुत हुने कांग्रेसले जनाएको छ। कोरोनाको नियन्त्रणको नाममा भएको अनियमितता र अध्यादेशको मुद्दा पनि कांग्रेसले सडकमा उठाउने भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध प्रशासनले तनहुँमा गरेको दुर्व्यवहार तथा पक्राउको पनि विरोध गरिने भएको छ।
सुदूरपश्चिममा को कहाँ खटिए ?
सरकारविरुद्ध कांग्रेसले शीर्ष तहका नेतालाई सडकमा उतार्ने भएको छ। नेपाली कांग्रेशले सुदूरपश्चिमका नौ वटै जिल्लामा विरोध प्रर्दशन गरीने जनाएको छ। पदाधिकारी र पूर्व पदाधिकारीसहित सार्वजनिक कार्यक्रममा प्रभाव पार्ने नेतालाई ¥याली तथा सम्बोधनको नेतृत्व गर्न खटाइएको छ।
पार्टीले दिएको निर्देशन बमोजिम सबै नेताहरु तोकिएको स्थानमा पुगिसकेका छन्। सरकार विरुद्धको प्रदर्शनमा गगन थापाले कैलालीको विरोध ¥यालीको अगुवाई गर्नेछन् भने विरोध ¥याली पछिको सभालाई सम्वोधन गर्नेछन्। केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल कञ्चनपुर र एनपी साउदलाई अछाम पठाइएको छ।