नेपाली कांग्रेसले सरकारको विरोधमा महेन्द्रनगरमा जुलुस र विरोध सभा आयोजना गरेको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यकर्ताको उल्लेख्य समभागिता थियो। मदनचाक हुदै मोटरसाइकल र्याली निकालेर शुरु भएको जुलुस स्मारक चोकमा पुगेर सभामा परिणत भयो।
सभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य पौडेलले सरकार भ्रष्टाचार, अधिनायकवाद र अनियमिततामा लिन भएको आरोप लगाए। भने, “तीन वर्षसम्म चुप लागेर बसेका हामी अन्ततः सडकमा आउनु परेको छ। सरकारले जनहितका कामै गर्न सकेन।”उनले अबको निर्वाचनमा एक भएर अघि बढ्ने र देश बनाउने जिम्मा कांग्रेसले लिने बताए। कांग्रेसको आदर्श, इतिहास र विचारलाई कसैले पराजित गर्न नसक्ने बताउँदै उनले आर्थिक समृद्धिको अबको बाटो भएको सुनाए।
प्रतिक्रिया दिनुस