सेती प्रादेशिक अस्पताल प्रयोगशाला परीक्षणमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १९७ जनाको नमुना परीक्षण गर्दा धनगढीका ४१ सहित थप ५३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कञ्चनपुरका ८ जना, धनगढीका ४१ र गोदावरीका २ जना गरी कैलालीका ४३ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै बाजुरा र बझाङका १,१ जनामा समेत संक्रमण पुष्टि भएको सूचना अधिकारी कुमार जानकारी दिए । संक्रमित हुनेमा १६ महिला र ३७ पुरुष छन् ।

प्रतिक्रिया दिनुस