सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १ सय ९३ नमुना परीक्षण गर्दा कञ्चनपुरका १५ सहित थप ४४ जनामा सङ्क्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार कृष्णपुर र बेलौरीका ४ र ४ र भिमदत्तनगरपालीकाका ७ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै कैलालीको धनगढीका १६, गोदावरीका २, गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका १र१,लम्किचुहा नगरपालिकाका ४,स्थानीय तह नखुलेका ५ गरी कैलालीका २९ जनामा सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमितहरूमा २९ पुरुष र १५ महिला छन् ।

प्रतिक्रिया दिनुस