कञ्चनपुरमा चिनीसहित २ लाख बढिको अवैध सामान बरामद गरीएकोे छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण जोशीको कमाण्डमा खटिएको टोलीले भीमदत्त नगरपालिकाको जिमुवा, ऐरीघाट क्षेत्रबाट भन्सार छली ल्याउँदै गरेको २ लाख ५ हजार बराबरको अवैध सामान बरामद गरेको जनाएको हो।

बरामद गरिएका चिनी,हार्डवयरका समान र प्लाष्टिकका डोरी आवश्यक कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी बुझाईएको छ।

प्रतिक्रिया दिनुस