जिल्ला प्रहरी कार्यालय कञ्चनपुर नजिकै गए राति दुई युवकमाथि कुटपिट भएको घटना प्रति नेकपा(क्रान्तिकारी माओवादी) ले खेद प्रकट गरेको छ। गए राति फर्निचरको काम सकेर कोठामा फर्किने बेला जिल्ला प्रहरी कार्यालय र प्रहरी गुल्म बिचमै दुई युवकमाथि हातहतियार धारी ३ जनाको समूहले हातपात गरी रकम र मोबाइल लुटेर लगेका थिए।
नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला अध्यक्ष कैलाश जैसीले उक्त घटना सरासर कमजोर सुरक्षा व्यवस्थाको नाङ्गो उदाहरण भएको बताए। प्रहरी कार्यालय नजिकै नागरिक सुरक्षित नरहँदा आम सुरक्षा खतरा बढेको भन्दै चिन्ता व्यक्त गरे।
उनले उक्त लुटपाटमा संलग्न जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याइ पीडितलाई न्याय दिलाइनुपर्ने बताए। उनले जसका लागी (क्रान्तिकारी माओवादी) ले प्रहरीलाई घटनाको अनुसन्धान गरी जिल्लामा सुरक्षा व्यवस्था मजबुत बनाउन माग गरिएको बताएका छन्।
मंगलबार विज्ञप्ति जारी गर्दे जिल्लामा सुरक्षा व्यवस्था चुस्त दुरुस्त पारिनुपर्ने बताइएको छ। लुटपाटमा संलग्न उनीहरूको खोजिगरी कारबाहीको दायरामा ल्याइनुपर्ने उल्लेख गरिएको छ। अव उप्रान्त यस्ता घटना नदोहोरिइनुपर्ने चेतावनी दिइएको छ।
गए राति भारतका लालबाबु शर्मा र कञ्चनपुर बेल्डाँडी गाउँपालिका–१ का तीर्थ चौधरीमाथि अज्ञात ३ जनाको हातहतियार धारी समूले सामूहिक आक्रमण गरी रकम र मोबाइल लुटेर लगेको थियो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अमर बहादुर थापाले कुटपिटमा संलग्नको खोजी भइरहेको बताए।
यो पनि –
प्रतिक्रिया दिनुस