सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा थप ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अस्पताल प्रयोगशालामा बुधबार ३९५ नमूना परीक्षण गर्दा कञ्चनपुरका ३२ सहित ७१ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले भीमदत्त नगरपालिकाका १७ जना, दोधारा चाँदनी नगरपालिकाका ७ जना, बेदकोट नगरपालिकाका ४ जना, पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकाका २र२ जनामा संक्रमण देखिएको जानकारी दिए।

उनका अनुशार कैलालीको धनगढी उप–महानगरपालिकाका २० जना, गोदावरी नगरपालिकाका ४ जना, टीकापुर नगरपालिका, मोहन्याल गाउँपालिका र जानकी गाउँपालिकाका ३र३ जना, गौरीगंगा नगरपालिका र लम्किचुहा नगरपालिकाका १र१ जनामा समेत संक्रमण पुष्टि भएको छ। यसैगरी बैतडीका ३ जना र डोटीका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुस