फाइल।

विभिन्न चरणको आन्दोलन थाल्दै आएका कञ्चनपुरका संस्थागत विद्यालयका शिक्षक फेरी आन्दोलित भएका छन्। उचित पारिश्रमिक नपाएको, नियुक्ति पत्र नपाएको, बन्दाबन्दी अवधि देखी हालसम्मको तलब समेत नपाएको भन्दै उनीहरू मंगलबार बाट पुनः आन्दोलित भएका हुन्।

संस्थागत विद्यालय सङ्घले यसअघि मङ्सिर २१ गते स्थानियतहका सरकार, विद्यालय सञ्चालक, प्याब्सन तथा एनप्याब्सन शिक्षक कर्मचारीहरूका समस्या प्रति गम्भीर नभएको भन्दै विभिन्न सात बुँदे माग अघि सार्दे अविलम्ब पुरा गरिनुपर्ने माग राखेका थिए।

उनीहरूले गत वैशाख देखीको तलब मङ्सिर मसान्त सम्म निकासा गरिनुपर्ने, न्यूनतम पारिश्रमिक उपलब्ध गराइनुपर्ने, नियुक्ति पत्र उपलब्ध गराइनुपर्ने, कार्य चाप घटाइनुपर्ने, सामुदायिक शिक्षकसरह बिदा लिन पाउनुपर्ने लगायतका मागहरू अघि सारेका छन्।
मङ्सिर मसान्त सम्म पनि माग पुरा नगरिएपछि आज९मंगलबार० देखी जिल्लमा सञ्चालित विद्यालयहरू अनिश्चितकाल सम्मका लागी बन्द गर्ने उनीहरूले निर्णय लिएका थिए।

सोही निर्णय अनुरूप माग पुरागरिर्नुेमाग भन्दै आज जिल्लाका विभिन्न विद्यालय बन्द गरिएको संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष चन्द्र सिह धामीले बताए।

No description available.
तर बेतकोट नगरपालिका –८ स्थित ज्ञान वाटिका बोर्डिङ स्कुलले भने आफूहरूका माग प्रति बेवास्ता गरेको उनीहरूको आरोप छ। मंगलबार उक्त विद्यालयमा विभिन्न सात बुँदे माग पूर्तिका लागी छलफल गर्न खोज्दा प्रहरीले दमन गरेको शिक्षक धनञ्जय जोशीले बताए। प्रहरीले आन्दोलन असफल तुल्याएपछि बुधवार देखी सशक्त भएर थप आन्दोलनका कार्यक्रम अगाडी बढाइने उनले चेतावनी दिए।

प्रतिक्रिया दिनुस