कञ्चनपुरमा दुई युवकमाथि कुटपिट भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र विपद् व्यवस्थापन गुल्मको बिच सडक अन्तर्गत नेपाली काँग्रेस पार्टी कार्यालय नजिक गए राति दुई युवकमाथि अज्ञात समूहले हतौडा प्रहार गर्दे कुटपिट गरेको हो।

ऐठपुरबाट काठको काम गरेर कटान गइरहेका भारत हरै गाउँ घर भएका लालबाबु शर्मा र कञ्चनपुर बेल्डाँडी गाउँपालिका–१ का तीर्थ चौधरीमाथि ३ जनाको हातहतियार धारी समूहले कुटपिट गर्दे रकम लुटेर लगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो।

उनीहरूको खोजिकार्य भइरहेको प्रहरी प्रवक्ता समेत रहेका डिएसपी अमर बहादुर थापाले बताए। युवकहरुकोे टाउको, शरीर र खुट्टामा चोट रहेको उनले बताए। उनिहरु महाकाली अस्पतालमा उपचार पछि निवास फर्किएका छन्।

‘सिधै टाउकोमा हतौडा हाने’ – तीर्थ

No description available.

टाउकोमा पट्टी बाधेका बायाँ पट्टिका शर्मा र दायाँ पट्टीका चौधरी

काठ मिस्त्रीको काम गर्दे आइरहेका बेल्डाँडीका तीर्थ गए राती ९ बजे कोठामा फर्किँदा प्रहरी गुल्म अगाडी एकाएक ३ जनाको समूहले घेरेको बताउँछन्।

No description available.

उनले भने, हामी कटान आइरहेका थियौ, एकाएक राष्ट्रिय माध्यामीक विद्यालयको तार नङ्ग्याएर उनीहरूले आफूहरूलाई घेर्दे टाउकोमा हतौडा प्रहार गरे।’ उनले भने,–‘झ्याप्पै आए, तैँले अस्ति मलाइ गाली गरिथिस्’ भन्दै रडले शरीरमा र हतौडा टाउकोमा हिर्काए।’

आफ्नो यसअघि उनिहरुहरुसँग मुलाकात नरहेको चौधरी बताउँछन्। ‘उनीहरू लुट्ने मनसायले आएका रहेछन्। म सँग मोबाइल र ८ सय ५० रुपैयाँ खल्तीमा थियो।, उनले भने,–‘रड देखाउँदै जे–जेछ निकाल भन्न थाल,े मैले मोबाइल र पुरै रकम झिकिदिए।’

तीर्थ सँगै रहेका भारतीय नागरिक शर्मालेभने मोबाइल दिन नमानेपछि टाउकोमा ४–५ पटक हतौडा बजारेको उनी बताउँछन्।
घाइते भारतीय नागरिक शर्माको टाउकोमा ५ टाँका लागेका छन्। उनको शरीमापनि चोट रहेको छ भने चौधरीको खुट्टामा चोट रहेको छ।

No description available.

चौधरीले भने,–‘आफू सँग भएको सबै रकम र उपकरण लुटिएपछि ती तिन जनाको समूह नेपाली काँग्रेस पार्टी कार्यालयको बाटो भएर भागे।’
प्रहरीलाई खबर गरेपछि राति ११ बजे सम्म भ्यानमा वरिपरिको क्षेत्रमा तलासी भएको उनी बताउँछन्।

प्रहरीले सुरक्षा दिन सकेन ! 

प्रहरी कार्यालय नजिकै सुरक्षा व्यवस्था चुस्त नपारिँदा महेन्द्रनगरमा समय समयमा सर्वसाधारणले ज्यानै समेत गुमाउनु परेको छ।
गए राति पनि गुन्डाहरू सँग बोलाबोल गरिए ज्यानै जोखिममा रहेको भय महसुस चौधरी र शर्माले गरे।

उनीहरूले मौनता साध्दै, चोटपटक सहँदै आफूसँग भएका रकम र उपकरण गुन्डाहरूलाई अर्पण गर्नुपर्ने बाध्यता भयो। तर प्रहरीले न त प्रबल सुरक्षा व्यवस्था नै मिलाउन सकेको छ, न त गुन्डा नियन्त्रणमा नै लिन सकेको छ।

वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमर माझीले राति गस्ती टोली परिचालन गरिएको बताए। उनले भने, गुन्डाको खोजी कार्य चलिरहेको छ।’

प्रतिक्रिया दिनुस