बझाङमा शिक्षकलाई कोरोना पुष्टि भएपछि विद्यालय बन्द गरीएको छ। बझाङको सुनकुडा माध्यमिक विद्यालयका शिक्षकलाई कोरोना भाइरसको संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको हो।

गत चैतदेखि बन्द रहेको विद्यालय यही मंसिर १५ गतेबाट सञ्चालनमा आएको थियो। तर शिक्षकलाई संक्रमण पुष्टि भएपछि विद्यालय पुनः पुस ५ गतेसम्म बन्द भएको प्रधानाध्यापक धनबहादुर बिष्टले जानकारी दिए। शिक्षकलाई संक्रमण देखिएपछि विद्यालयका अन्य शिक्षक विद्यार्थी गरी थप १२ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकोे उनले बताए।

प्रतिक्रिया दिनुस