चमेलिया नदी किनारमा शुक्रवार बिहान एक महिला मृत अवस्थामा फेला परेका छन्।े दोगडाकेदार गाउँपालिका ६ चम्तडीस्थित चमेलिया नदी किनारमा महिला मृत अवस्थामा फेला परेकी हुन्।

नदी किनारमा मृत अवस्थामा मृत अवस्थामा फेला परेकी अन्दाजी ३५ वर्षीया महिलाको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। बिहान ८ बजेतिर स्थानीय नैनसिंह गोयलाले नदी किनारमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

गोकुलेश्वर प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुुगेको छ। नदीले बगाएर ती महिलाको शव ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनको टोली पनि घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकोे छ।

प्रतिक्रिया दिनुस