दोधारा चाँदनीमा ‘लकडाउन’ जारी गरिएको छ । दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधी, स्वास्थ्यकर्मी, शिक्षक र स्थानियहरुमा कोरोना भाईरस संक्रमण देखा परेपछि नगरपालिका कार्यालयले आयोजना गरेका सर्वदलिय, सर्वपक्षिय बैठकले पुष ३ गते देखि एक साताको लागी माहाकाली नगरपालिका क्षेत्रमा लिकडाउन जारी गरेको छ् ।
माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारको अध्यक्षतामा बसेको नगरकार्यपालिका तथा सर्वपक्षिय बैठकले माहाकाली नगरपालिका क्षेत्रमा कोरोना संक्रमण समुदाय स्तरमा बढ्दै गएको ठहर गर्दै माहाकालीबासी सचेत रहन आग्रह गर्दै एक साताको लागी माहाकाली नगरपालिका क्षेत्रमा लकडाउन गर्ने निर्णय गरिएको माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताए।
माहाकाली नगरपालिकाका सबै बिद्यालय बन्द गर्ने, नगरपालिका स्थित रहेको बैंकहरु बिहान १० बजे देखि १ बजे सम्म तोकिएको मापदण्ड पुरा गरि संचालन गर्ने, नेपाल बिद्युत प्राधिकरण फ्युज सेवा बिहान १० बजे देखि दिउसो १ बजे सम्म संचालन गर्ने, नगरपालिका स्थित किराना पसल, हार्डवयेर पसल, खाद्यान्न पसल, बिहान १० बजे देखि १ बजे सम्म संचालन गर्ने, दुध ढुवानी २४ सै घण्टा संचालन हुने, औषधी पसल २४ सै घण्टा संचालन हुने, नगरपालिका तथा वडा कार्यालयका अति आवश्यक सेवा भन्दा बा“की सबै सेवाहरु बन्द हुने, अति आवश्यक भनि तोकिएका सेवा भन्दा बा“की सवारी साधन बन्द हुने, भारतबाट आयात हुने माछा, मासु अण्डा लगाएतका सबै समानहरु ओहरदोहर बन्द पुर्णरुपमा बन्द गर्ने निर्णय गरिएको माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् ।
माहाकाली नगरपालिकाका वडा अध्यक्ष पुष्कर दत्त जोशी, अर्जुन दत्त जोशी लगाएत शिक्षक, स्वस्थ्यकर्मी र स्थानियहरुको पिसिआर जा“चमा कोरोना पोजिटिभ देखिएपछि समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको पुष्टि भएको ठहर गर्दै संक्रमण रोक्न माहाकाली नगरपालिका कार्यालयले बिशेष सर्वपक्षिय बैठक बसेको हो ।