कोरोना संक्रमण फैलिन थालेपछि कञ्चनपुरको बेलौरी नगरपालिकामा पूर्ण लकडाउन गरिएको छ । आइतबारबाट लागू हुनेगरि एक सातामा सम्मको लागि लक डाउन गरिएको सामाजिक विकास समितिका संयोजक अर्जुन ढकालले जानकारी दिए ।
‘२ जनाको मृत्यु भइसक्यो कयौँ अझै जोखिममा छन्’ वडा नम्बर ४ का अध्यक्ष समेत रहेका ढकालले भने ‘अझै सचेत नभए समस्या अझै ठुलो हुन सक्छ ।’
उनले संक्रमण फैलिने खतरा बढेपछि लकडाउन गर्नु परेको बताए । एक साता सम्म विद्यालय, बजार, उद्योग सबै बन्द हुने उनले जनकारी दिए । उखु धुवानी साधनलाई भने रोक नलगाइने उनले बताए ।

प्रतिक्रिया दिनुस