कैलालीका थप एक संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक वृद्धको शनिबार मृत्यु भएको हो । धनगढी उपमहानरपालिका–५ का ९० वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार कोरोनाका कारण वृद्धको स्वासप्रस्वासमा बढी समस्या रहेको थियो । वृद्धलाई शुक्रबार सेती प्रादेशिक कोरोना अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।

यो संगै कोरोनाका कारण सुदूरपश्चिममा ज्यान गुमाउनेको सङ्ख्या ४७ पुगेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुस