धनगढीमा मोटरसाइकलसहित चोरीमा संलग्न गिरोहका ६ जना पक्राउ परेका छन्। कैलाली जिल्लाका विभिन्न स्थानबाट चोरी गर्दै आएका ६ जनालाई चोरीका ७ वटा मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा घोडाघोडी नगरपालीका–२ का १९ वर्षीय अर्जुन बिष्ट, सोही ठाउँको जि।पि।अटोपार्टसका संचालक २२ वर्षीय पारस बिष्ट, २० वर्षीय यमराज बिक, २२ वर्षीय राजेश चौधरी, बर्ष वर्षीय ३० बिदुर लामिछाने र २० वर्षीय विकास सुवेदी रहेका छन।

उनीहरुलाई विभिन्न मितिमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

धनगढी उप(महानगरपालिका– १ को मालपोत कार्यालय अगाडि पार्किङ गरि राखेका बेला चोरी भएको से ३ प ३७४ नम्बरको सुपर स्पिलिण्डर मोटरसाईकलको खोजतलासका क्रममा अन्य व्यक्तिलाई समेत पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बिष्टले बताए। उनीहरुले छुट्टाछुट्टै स्थानबाट चोरी गरेका ७ वटा मोटरसाइकल पनि बरामद गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस