मेजेष्टीक ग्रुपको अल्टिटुड वोल्ड सुपर मोडेल नेपाल २०२० मा ६ जना छनौट भएका छन्। शनिवार महेन्द्रनगरको ममताज पार्टी प्यालेसमा गरिएको प्रतिस्प्रर्धाबाट उत्कृष्ट ६ जनालाई सुपर मोडेल नेपाल २०२० का लागी छनौट गरिएको हो।
मेजेष्टीक ग्रुपको अल्टिटुड वोल्ड सुपर मोडेल नेपालका सञ्चालक मञ्जेस गिरीका अनुसार छनौट हुनेमा सिसा सिङ, रूपक सिह धामी, सुमन जोशी, कपिल भट्ट, महेक भट्ट र अनिल सिह धामी रहेका छन्। उनीहरूले अलग–अलग विधामा उत्कृष्ट स्थान हासिल गरेकाले सुपर मोडेल २०२० का लागी छनौट गरेको सञ्चालक गिरीले बताए।
महेन्द्रनगरमा सम्पन्न छनौट पछि उनीहरूलाई अन्तर्राष्ट्रिय मोडेल सोमा सहभागिता गराउने म्याजेस्टीक ग्रुपले जानकारी दिएको छ।
देशै भरी बाट शनिवार महेन्द्रनगरमा सम्पन्न छनौट कार्यक्रमका प्रमुख अतिथि कञ्चनपुर क्षेत्र नम्बर २ का प्रदेश सभासद् नर बहादुर धामी रहेका थिए। उनले उत्कृष्ट कला प्रदर्शन गर्ने युवा–युवतिहरूलाई शुभकामना प्रदान गरे। सरकार पनि यस क्षेत्रमा थप हौसला प्रदान गर्न प्रयत्नरत रहेको उनले बताए। कार्यक्रमको व्यवस्थापन म्याजेस्टीक गुप्रका समीर न्यौपानेले गरेका थिए।
प्रतिक्रिया दिनुस