
फाइल फोटो ।
गत मंसीर १४ गते सम्पर्क विहिन भएका कञ्चनपुरका एक पुरुषको कंकाल भेटिएको छ। जिल्लाको भीमदत्तनगरपालिका –१२ औरीघाटका ४५ वर्षय अजय सुनारको महाकाली नदिकिनारमा शनिबार कंकाल भेटिएको कञ्चनपुर प्रहरीले जानकारी दिएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाका अनुसार उनले लगाएको लुगाका आधारमा छोराले शवको पहिचान गरीएको हो। उनको शव आफन्तको जिम्मा लगाइएको छ। गत मंसिर १४ गते दोधाराबाट घर फर्किएका उनी महाकाली नदीमा बेपत्ता भएका थिए।
		प्रतिक्रिया दिनुस
		
	

 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    