प्रधानमन्त्री केपीशर्मा ओली संसद विघटनको सिफारिस लिएर शितल निवास पुगेका छन्। आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद् बैठक लगत्तै प्रधानमन्त्री ओली, सिफारिस लिएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्। राष्ट्रपतिले सरकारले सिफारिसअनुसार संसद् विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ।

झन्डै दुई तिहाइको बहुमतको अपमान गर्दै हठात् संसदलाई विघटन गर्ने प्रधानमन्‍त्रीको कदमले मुलुकमा अस्थिरता र फेरि द्वन्द्व निम्त्याउने चिन्ता व्यक्त भएको छ। प्रतिपक्षीलगायतका दलहरूबाट मात्रै होइन, सत्तारुढ दलभित्रैबाट यसको चर्को आलोचना भएको छ। झन्डै तीन वर्षअघि गठित संसदको अझै दुई वर्ष अवधि छ। यसअघि पनि पटकपटक संसद विघटन हुँदा मुलुक अस्थिरता र द्वन्द्वको भुमरीमा परेको थियो।

प्रतिक्रिया दिनुस