धनगढीमा नेकपाको जिल्ला र प्रदेश कार्यालय दाहाल–नेपाल समूहका नेता, कार्यकर्ताले नियन्त्रणमा लिएका छन्। मंगलबार दिउँसो उनीहरुले दुवै कार्यालय नियन्त्रणमा लिएर बेग्लै ताला लगाएका हुन्।

कैलालीमा जिल्ला अध्यक्ष र प्रदेश अध्यक्षमा प्रधानमन्त्री केपी ओली निकट नेताहरु नेतृत्वमा छन्। जिल्ला अध्यक्ष रतन थापा र प्रदेश अध्यक्ष कर्ण थापा भएकाले ती पार्टी कार्यालयहरु उनीहरुकै निगरानीमा थिए। ‘हामीले कैलाली जिल्ला कार्यालय र प्रदेश कार्यालय आफ्नो नियन्त्रणमा लिएका छौं,’ नेकपाको कैलाली जिल्ला कमिटी सदस्य दीर्घ जोशीले भने। कैलालीको जिल्ला कार्यालय आफ्नै भवनमा थियो भने प्रदेश कार्यालय भाडाको भवनमा छ।

प्रतिक्रिया दिनुस