फाइल।

बाजुरामा लागुऔषध चरेशसहित एक महिला पक्राउ परेकी छन्। मंगलबार जिल्ला सदरमुकाम रहेको मातर्डीबाट गौमुल गाउँपालिकाकी ४९ वर्षीया मैना रोकायालाई चरेशसहित पक्राउ गरेको बाजुरा प्रहरीले बताएको हो।

मार्डतीमा रहेको उनको किराना पसलमा चेकजाँज गर्दा स्टीलको बाकसभित्र लुकाइराखेको अवस्थामा अन्दाजी ५ सय ग्राम चरेश फेला परेको प्रहरी नायव उपरीक्षक मदनजित महराले बताए। पक्राउ परेकी रोकायामाथि थप अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुस