भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खोल्नका लागि नेपाल पक्ष तयार भएपनि भारतीय पक्ष तयार भएको छैन्।

अहिले नाकामा अत्यावश्यक आवतजावतका लागि नाका खोलिएको भएपनि भारतीय पक्षबाट नाका नखुलेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। नेपाल सरकारको निर्णय अनुसार झुलाघाट नाकालाई खोल्नका आफूहरुले भारतीय पक्षलाई पत्राचार गरिसकेको उनले बताए। झुलाघाट नाका पूर्ण रुपमा खोल्नुपर्ने माग गर्दै भारतीय व्यापारी आन्दोलित भएका छन् ।

तर नाकामा अत्यावश्यक कामले मात्रै आवतजावत गर्न दिने हिसाबले नाका खोलिएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए। भारतीय व्यापारीहरुले व्यापार व्यवसाय समेत गर्न पाउने हिसाबले नाका खोल्नुपर्ने माग गर्दै आएका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय बैतडीमा समेत गत आइतबार ज्ञापन पत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुस