गृहमन्त्री रामबहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । थापाले बुधबार विहान बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।

संसद विघटनपछि नेकपाको कुनै समूहमा नखुलेका थापालाई नेकपाका दुवै समूहले आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेका छन् । मंगलबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पनि थापालाई उनको निवास पुल्चोक पुगेर भेटेका थिए । थापा मंगलबार बालुवाटार र बबरमहलमा भएका बैठकमा सहभागी भएका थिएनन् ।

तर, उनी निकट केही नेता भने दाहाल–नेपाल समूहको बैठकमा सहभागी भएका थिए । थापालाई उनी निकट अभिकाशं नेताहरुले दाहाल–नेपालसमूहलाई साथ दिन आग्रह गरेका छन् । मंगलबार बालुवाटार र बबरमहलमा बैठक चलिरहँदा थापा भने वामदेव गौतमको निवासमा पुगेका थिए । त्यहाँ थापा र गौतमबीच लामै कुराकानी भएको थियो ।

संसद् विघटनपछि नेकपा पनि विभाजन भएको छ ।

प्रतिक्रिया दिनुस